अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

तनहुँका नौ पालिकामा कांग्रेस र एमाले चार/चार, एकमा माओवादी विजयी

तनहुँका नौ पालिकामा कांग्रेस र एमाले चार/चार, एकमा माओवादी विजयी


तनहुँ – तनहुँका आजसम्म गणना गरिएका नौ पालिकामध्ये नेपाली कांग्रेस र नेकपा (एमाले)ले चार/चार र नेकपा (माओवादी केन्द्र) एक स्थानमा विजयी भएका छन् । यहाँका दश पालिकामध्ये व्यास नगरपालिकामा भने मतगणना जारी छ ।

कांग्रेसबाट भानु नगर प्रमुखमा आनन्दराज त्रिपाठी र उपप्रमुखमा उमा गोतामे, शुक्लागण्डकी नगर प्रमुखमा कृष्णराज पण्डित, ऋषिङ गाउँपालिका अध्यक्षमा राजेन्द्रकृष्ण श्रेष्ठ, उपाध्यक्षमा गिनुमाया थापा, देवघाट गाउँपालिका अध्यक्षमा तिलबहादुर थापा विजयी हुनुभएको छ । बन्दीपुर गाउँपालिका उपाध्यक्षमा पञ्चमाया गुरुङ, म्याग्दे गाउँपालिका उपाध्यक्षमा बालकृष्ण घिमिरे विजयी हुनुभएको हो ।

एमालेबाट घिरिङ गाउँपालिका अध्यक्षमा होमबहादुर थापा, उपाध्यक्षमा राधादेवी अधिकारी, म्याग्दे गाउँपालिका अध्यक्षमा श्रीप्रसाद श्रेष्ठ, भिमाद नगर प्रमुखमा दधिराज सुवेदी, उपप्रमुखमा शारदा खनाल, बन्दीपुर गाउँपालिका अध्यक्षमा सुरेन्द्र थापाले जित हासिल गर्नुभएको छ ।

माओवादी केन्द्रबाट आँबुखैरेनी गाउँपालिका अध्यक्षमा शुक्र चुमान, उपाध्यक्षमा दुर्गा अर्याल, शुक्लागण्डकी नगर उपप्रमुखमा खुमबहादुर विक, देवघाट गाउँपालिका उपाध्यक्षमा भुवनसिं गुरुङ विजयी हुनुभएको छ ।

यसैबीच जिल्लाका ८५ वडामध्ये हालसम्म ७४ वडाको नतिजा सार्वजनिक भएको छ । त्यसमध्ये कांग्रेसले ३८ वडामा जित हासिल गरेको छ । एमालेले २६ र माओवादी केन्द्रले छ वडा जितेका छन् । स्वतन्त्रबाट चार जनाले वडाध्यक्षमा विजय हासिल गरेका हुन् । व्यास नगरका १४ मध्ये ११ वडाको नतिजा आउन बाँकी छ ।