अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बाह्रदशीका अध्यक्ष र उपाध्यक्षद्वारा पदभार ग्रहण, गर्भवती महिलाको भिडियो एक्स-रे नि:शुल्क गर्ने घोषणा

बाह्रदशीका अध्यक्ष र उपाध्यक्षद्वारा पदभार ग्रहण, गर्भवती महिलाको भिडियो एक्स-रे नि:शुल्क गर्ने घोषणा


बिर्तामोड – झापा बाह्रदशीका अध्यक्ष देवेन्द्र चम्लागाई र उपाध्यक्ष शान्ता शिवाकोटीले पदभार ग्रहण गरेका छन् । आज गाउँपालिकाको कार्यालयमा आयोजित सपथग्रहण कार्यक्रम पश्चात अध्यक्ष, उपाध्यक्षले पदभार ग्रहण गरेका हुन् ।

विहान मुख्य निर्वाचन अधिकृत गिरीराज गौमतमबाट सपथ ग्रहण गरेका गाउँपालिका अध्यक्ष चम्लागाईले उपाध्यक्षसहित, वडाध्यक्ष र सदस्यहरुलाई सपथग्रण गराउनु भएको हो । उहाँले सपथग्रहण गराएपछि वडाध्यक्षहरुले समेत पदभार ग्रहण गरेका छन् ।

पद्भार ग्रहण गर्दै उपाध्यक्ष शिवोकाटीले गर्भवती महिलाको नि:शुल्क भिडियो एक्स–रे गर्ने बताउनु भयो ।  उपाध्यक्षको सो कार्यक्रमलाई अध्यक्ष चम्लागाईले सदर गर्दै पदभार ग्रहण गरेका हुन् । चकचकी, राजगढ र डाँगीबारी स्वास्थ्य केन्द्रबाट सेवा उपलब्ध गराउने गरी नि:शुल्क भिडियो एक्स–रे कार्यक्रम सञ्चालन गरिएको छ । सो कार्यक्रमबाट गाउँपालिकाका गरीब, विपन्न महिलालाई लाभान्वित हुने विश्वास गरिएको छ ।

पदभार ग्रहण गर्दै नवनिर्वाचित अध्यक्ष चम्लागाईले बाह्रदशी गाउँपालिकाको समग्र विकास र संमृद्धिमा सबैसँग सहकार्य गर्दै अघि बढ्ने प्रतिवद्धता जनाउनु भयो । उहाँले नमूना गाउँपालिका बनाउँदै सबै गाउँपालिकाबासीको हितमा काम गरेर देखाउने बताउनु भयो ।