अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सिवाकोटी र आचार्य राष्ट्र बैंकको सञ्चालकमा नियुक्त

सिवाकोटी र आचार्य राष्ट्र बैंकको सञ्चालकमा नियुक्त


काठमाडौं – सरकारले नेपाल राष्ट्र बैंकको सञ्चालकमा चिन्तामणी सिवाकोटी र शंकर आचार्यलाई नियुक्त गरेको छ ।

जेठ ६ गतेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरी मंगलबार मात्रै माइन्युट गरेको एक मन्त्रीले जानकारी दिनुभयो । सरकारले सिवाकोटी र आचार्यलाई आगामी पाँच वर्षका लागि राष्ट्र बैंकको सञ्चालकमा नियुक्त गर्ने निर्णय गरेको हो ।

गत वैशाख ३ देखि राष्ट्र बैंकका पूर्वसञ्चालक द्वय श्रीराम पौडेल र रामजी रेग्मीको पाँच वर्षे कार्यकाल सकिएको थियो । त्यसयता राष्ट्र बैंकका दुई सञ्चालक पद खाली थियो ।

सरकारले तत्काल सञ्चालक नियुक्तिको प्रक्रिया अघि बढाए पनि स्थानीय निर्वाचनको कारण निर्वाचन आयोगले स्वीकृति दिएको थिएन ।

आयोगबाट स्वीकृति आएपछि सरकारले सञ्चालक नियुक्तिको निर्णय गरेको हो । सिवाकोटी राष्ट्र बैंकका पूर्व डेपुटी गभर्नर र आचार्य पूर्वकार्यकारी निर्देशक हुनुहुन्छ ।