अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

तुलसीपुरको पहिलो निर्णय- सुकुम्बासीलाई लालपुर्जा, ज्येष्ठ नागरिक, अपाङगता र सुत्करीलाई नि:शुल्क एम्बुलेन्स सेवा

तुलसीपुरको पहिलो निर्णय- सुकुम्बासीलाई लालपुर्जा, ज्येष्ठ नागरिक, अपाङगता र सुत्करीलाई नि:शुल्क एम्बुलेन्स सेवा


दाङ – तुलसीपुर उपमहानगरपालिकाको प्रथम कार्यपालिका बैठकले भूमीहिन सुकुम्वासीलाई पुर्जा दिने प्रक्रिया अघि बढाउनेदेखि ज्येष्ठ नागरिक, अपाङगता र सुत्करीलाई नि:शुल्क एम्बुलेन्स सेवा दिने निर्णय गरेको छ।

प्रथम कार्यपालिका बैठकले सुकुम्बासीको लगत संकलन अघि बढाउँदै लालपुर्जा वितरण गर्ने पक्रिया अघि बढाउने निर्णय गरेको हो । त्यस्तै बैठकले ७० वर्ष पुगेका जेष्ठ नागरिक, दुई महीनासम्मका शिशु र आर्थिक अवस्था कमजोर भएका सुत्केरी र अपाङगता भएका निःशुल्क एम्बुलेन्स सेवा दिने निर्णय गरेको छ ।

तुलसीपुर उपमहानगरपालिकाका नवनिर्वाचित मेयर टीकाराम खड्का र उपमेयर स्यानी चौधरीले पदभार गर्दै उक्त निर्णयमा हस्ताक्षर गर्नु भएको छ ।

तुलसीपुरमा एमालेबाट मेयरमा टीकाराम खड्का र उपमेयर स्यानी चौधरीले गठबन्धनका उम्मेदवारलाई हराउँदै निर्वाचिन भएका थिए ।