अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सुर्तिजन्य पदार्थको सेवनबाट कम्बोडियामा वार्षिक १५ हजारको मृत्यु

सुर्तिजन्य पदार्थको सेवनबाट कम्बोडियामा वार्षिक १५ हजारको मृत्यु


नोम पेन – सुर्तिजन्य पदार्थको सेवनका कारण कम्बोडियामा वार्षिक १५ हजारभन्दा बढीको मृत्यु हुने गरेको छ ।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले बुधबार दिएको जानकारी अनुसार सुर्तिजन्य पदार्थको सेवनबाट हुने मानवीय क्षति डर लाग्दो रहेको छ ।

सुर्तिजन्य पदार्थले मानवीय शक्तिसँगै वातावरणीय क्षेत्रमा समेत नकारात्मक प्रभाव पारिरहेकाले यसको न्यूनिकरणका लागि पनि डब्लुएचओका प्रतिनिधिहरूले ध्यानाकर्षण गराएका छन् ।

कम्बोडियाका लागि डब्लुएचओका प्रतिनिधि लि एैलानले सुर्तिजन्य पदार्थको सेवनबाट अनावश्यक क्षेत्रमा खर्च गर्नु परेको बताउनुभयो ।

उहाँले सुर्तिजन्य पदार्थको सेवनका कारण विश्वभरि वार्षिक ८० लाख मानिसको मृत्यु हुने गरेको पनि जानकारी दिनुभयो ।

विश्व सुर्तिजन्य पदार्थ दिवसको अवसरमा सार्वजनिक गरिएको प्रतिवेदनमा सुर्तिजन्य पदार्थको प्रयोग घटाउन चेतनामूलक कार्यक्रमहरू नै बढाउनु पर्नेमा जोड दिइएको छ।

हरेक वर्षको मे ३१ तारिखमा विश्वभरि सुर्तिजन्य पदार्थ सम्बन्धी दिवस विविध कार्यक्रम गरी मनाउने गरिन्छ ।