काठमाडौं-सरकारले शिक्षक सेवा आयोगका रिक्त पदाधिकारी नियुक्त गरेको छ। भदौ २५ गते बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले आयोगको अध्यक्षमा भक्तपुरका डा. हरिप्रसाद लम्साललाई नियुक्त गर्ने निर्णय गरेको हो।
सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलका अनुसार आयोगको सदस्यमा मकवानपुरका रामशरण सापकोटा तथा महिला सदस्यमा काठमाडौंकी विष्णु घिमिरे (रिमाल) नियुक्त भएकी छन्।
शिक्षा क्षेत्रको महत्वपूर्ण निकायका रूपमा रहेको शिक्षक सेवा आयोगमा लामो समयदेखि रिक्त रहेका पदमा नयाँ नियुक्ति भएपछि शिक्षक नियुक्ति, बढुवा तथा अन्य प्रशासनिक कार्यहरू थप प्रभावकारी हुने अपेक्षा गरिएको छ।
मन्त्रिपरिषद्को निर्णयसँगै नवनियुक्त पदाधिकारीहरूले आयोगको नेतृत्व तथा कार्यसम्पादनको जिम्मेवारी सम्हाल्नेछन्।


प्रतिक्रिया