अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

देशको पूर्वी भागमा मनसुनी वर्षाको प्रभाव सुरु,देशका केही भागमा आज वर्षा हुने

देशको पूर्वी भागमा मनसुनी वर्षाको प्रभाव सुरु,देशका केही भागमा आज वर्षा हुने


काठमाडौं -देशका केही स्थानमा आज वर्षा हुने सम्भावना छ । नेपालको पूर्वी भूभागमा मनसुनी वायुको सामान्य प्रभाव छ । पश्चिमी भूभागमा स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

अहिले प्रदेश नम्बर–१, वाग्मती प्रदेश र गण्डकी प्रदेशमा सामान्य बदली र बाँकी भूभागहरूमा आंशिक बदली छ । प्रदेश–१, वाग्मती र गण्डकी प्रदेशका केही स्थानहरूमा वर्षा भइरहेको छ ।
महाशाखाका अनुसार आज दिउँसो प्रदेश–१, मधेस प्रदेश, वाग्मती र गण्डकी प्रदेशमा सामान्य बदली रहनेछ । बाँकी भूभागमा आंशिक बदली रहनेछ । प्रदेश–१, वाग्मती र गण्डकीका केही स्थान तथा मधेस प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

राति प्रदेश–१, मधेस, वाग्मती र गण्डकी प्रदेशमा सामान्य बदली तथा बाँकी भूभागमा आंशिक बदली रहनेछ । प्रदेश–१, मधेस, वाग्मती र गण्डकी प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशहरूका पहाडी भूभागका एकरदुई स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।