अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

जिल्ला समन्वय समिति सुर्खेतको प्रमुखमा एमालेका सुनार विजयी

जिल्ला समन्वय समिति सुर्खेतको प्रमुखमा एमालेका सुनार विजयी


सुर्खेत – जिल्ला समन्वय समितिको प्रमुखमा नेकपा (एमाले) गंगाराम सुनार विजयी हुनुभएको छ । शुक्रबार भएको निर्वाचनमा १० मत प्राप्त गर्दै सुनार विजयी हुनुभएको हो । कांग्रेस उम्मेद्वार दिलिप वाग्लेले ८ मत प्राप्त गर्नुभयो ।

त्यस्तै उपप्रमुखमा माओवादी केन्द्रका सचिनकुमार बडुवाल विजयी हुनुभएको छ। उहाँले पनि १० मत प्राप्त गर्नुभयो । समन्वय समितिमा एमाले र माओवादीबीच गठबन्धन भएको थियो। समितिका अन्य सदस्यहरूमा ५ जना एमालेबाट र २ जना माओवादी केन्द्रबाट बिजयी हुनुभएको छ ।