अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

जिल्ला समन्वय समिति कपिलवस्तुको प्रमुखमा एमालेका आचार्य विजयी

जिल्ला समन्वय समिति कपिलवस्तुको प्रमुखमा एमालेका आचार्य विजयी


कपिलवस्तु – जिल्ला समन्वय समिति कपिलवस्तुको प्रमुखमा एमालेका बाबुराम आचार्य विजयी हुनुभएको छ । उहाँ गोला प्रथाबाट विजयी हुनुभएको हो ।

यस्तै उपप्रमुखमा एमाले लोसपा राप्रपा गठबन्धनका रमेश कुर्मी निर्वाचित हुनुभएको छ ।

यसैबिच मत बराबर भएपछि जिल्ला समन्वय समिति कपिलवस्तुको प्रमुख र ७ जना सदस्यको गोला तानेर परिणाम आएको छ। जसअनुसार कांग्रेस माओवादी र जसपा गठबन्धनका सुनिता चमार, राजेन्द्रं प्रसाद कुर्मी, मनोब्ब्र धुनिया, रामु अहिर सदस्य मा निर्वचित हुनुभएको छ।

कांग्रेस कि सुनिता चमार माओबादी केन्द्रका राजेन्द्र प्रसाद कुर्मी कांग्रेसका मनोहर धुनिया र जसपाका रामु अहिर पनि सदस्यमा निर्वचित हुनुभएको हताइएको छ । यस्तैगरी सदस्यमा गोलाबाट एमाले कि सकुन्तला भण्डारी, सुमित्रा दमै र जसपा कि शन्ध्या पौडेल खाँ निर्बाचित हुनुभयो ।

जिल्ला समन्वय समिति प्रमुखमा १०÷१० मत आएर दुबैको परिणम समान भएको थियो ।