अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सार्वजनिक शौचालय दिने बैंकलाई रेस्टुरेन्टको जतिनै करछुट हुँदैन : मेयर बालेन

सार्वजनिक शौचालय दिने बैंकलाई रेस्टुरेन्टको जतिनै करछुट हुँदैन : मेयर बालेन


काठमाडौं – काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) ले शौचालय सार्वजनिक प्रयोजनमा दिने बैंकलाई रेस्टुरेन्टको जतिनै करछुट नहुने बताउनुभएको छ ।

आज बसेको कार्यपालिका बैठकमा उहाँले यस्तो बताउनुभएको हो । भन्नुभयो, ‘हामीले कुनै पनि संस्थाहरूलाई कर लगाएका होइनौँ । रेस्टुरेन्ट र बैँकहरूले हामी सेवा दिन चाहन्छौँ भनेर सम्झौता गर्न आउनुभएको हो । बैँकले सम्झौता गरेका शौचालयहरू कार्यालय समयमा खुल्नेछन् ।’

रेस्टुरेन्टभन्दा बैंकको कर धेरै हुने बताउँदैं उहाँले भन्नुभयो, ‘सरसफाई सामग्री हरेक चार–चार महिनामा दिने भन्नेछ । रेस्टुरेन्ट बिहानैदेखि सुरु हुन्छ । महानगरले बनाएका स्मार्ट शौचालयलाई निरन्तरता हुनेछ ।’ महानगरले स्मार्ट शौचालयअन्तर्गत १० वटा शौचालयको लागि टेन्डर आह्वान गर्ने जनाएको छ ।