अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

हलो बोकेर किसान आन्दोलनमा आउन नपरोस् : घनश्याम खतिवडा

हलो बोकेर किसान आन्दोलनमा आउन नपरोस् : घनश्याम खतिवडा


काठमाडौं – एमाले सांसद घनश्याम खतिवडाले अब किसानले हलो बोकेर मल माग्दै काठमाडौंमा आएर आन्दोलन गर्न मात्रै बाँकी रहेको बताउनुभएको छ ।

सोमबार प्रतिनिधि सभामा बोल्दै सांसद खतिवडाले किसानलाई सरकारले दुई किलो मलसम्म दिन नसकेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘जी टु जी गरेर होस् की जसरी भएपनि मल ल्याऔं । मल कहिलेबाट किसानले पाउँछन् ? किसानको अवस्था त खस्किदो अवस्थामा गयो । किसानले रत्नपार्कमा आएर हलो बोकेर आन्दोलन गर्ने दिन नआओस् । धान दिवस आउन लाग्यो । म किसानको आवाज बोलिरहेको छु । ’

उहाँले मल ल्याउन सकिदैन भनेर सरकारले छुट्कारा पाउने अवस्था नरहेको बताउनुभयो ।