काठमाडौंऔआन्तरिक राजस्व विभागको करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत भक्तपुरका राम श्रेष्ठले १० लाख रुपैयाँ उपहार जितेका छन् ।
भक्तपुरको सूर्यविनायक नगरपालिका–४ निवासी श्रेष्ठले ३०० रुपैयाँको चिउरा खरिद गर्दा १० लाख रुपैयाँको उपहार जितेका हुन् ।
विभागका अनुसार करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत कात्तिक १६ देखि ३० गतेसम्म भएको कारोबारबाट श्रेष्ठ विजेता बनेका हुन् ।
सरकारले करदातालाई कर प्रणालीमा सहभागी हुन प्रोत्साहित गर्ने उद्देश्यले गत साउन १ गतेदेखि करदाता प्रोत्साहन उपहार कार्यक्रम कार्यान्वयनमा ल्याएको हो । यस कार्यक्रममार्फत उपभोक्ताले वस्तु तथा सेवा खरिद गर्दा प्राप्त गरेको बिलका आधारमा उपहार जित्ने अवसर पाउँछन् ।




प्रतिक्रिया