अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

जिसस ताप्लेजुङको प्रमुखमा नेकपा एस र उपप्रमुखमा कांग्रेसका उम्मेदवार विजयी

जिसस ताप्लेजुङको प्रमुखमा नेकपा एस र उपप्रमुखमा कांग्रेसका उम्मेदवार विजयी


ताप्लेजुङ – जिल्ला समन्वय समिति ताप्लेजुङको प्रमुख पदमा गठबन्धनतर्फ नेकपा (एकीकृत समाजवादी)का छिरिङ लामा विजयी हुनुभएको छ। कूल १८ मतदातामध्ये १० मत प्राप्त गरेरउहाँ विजयी हुनुभएको हो। निकटतम् प्रतिद्वन्दी नेकपा एमालेका घनेन्द्र मादेनले ८ मत ल्याउनुभयो ।

नौं स्थानीय तह रहेको गठबन्धनतर्फ नेपाली कांग्रेसका ६, माओवादीका ५ र नेकपा एसका १ मतदाता रहेका थिए भने एमालेका ६ मतदाता हुनुहुन्थ्यो । गठबन्धनतर्फको २ मत एमाले उम्मेदवार मादेनको पक्षमा गएको छ। समन्वय समितिको उपप्रमुखमा नेपाली कांग्रेसका कृष्णप्रसाद लिङखिम लिम्बू निर्विरोध निर्वाचत भइसक्नुभएको छ ।

जिल्ला समन्वय समितिका ७ जना सदस्यमा गठबन्धनतर्फका सबै उम्मेदवार निर्वाचित हुनुभएको छ । दलित वा अल्पसंख्यकतर्फ माओवादी केन्द्रका सन्तोष राई, महिलातर्फ कांग्रेसका चन्द्रकला दाहाल, सविता लिङदेन र हेमन्ता पौडेल मिश्र तथा अन्य नेकपा एसका रवीन्द्रकुमार वनेम, माओवादी केन्द्रका भूपाल मादेन र कांग्रेसका बिष्णुप्रसाद तिवारी निर्वाचित भएको मतदान अधिकृत मुक्तिनाथ सुबेदीले जानकारी दिनुभयो ।