अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले जनप्रतिनिधिलाई अध्यक्ष ओलीको निर्देशन, ‘५ वर्ष जनता र पार्टीको हितमा काम गर्नुहोस्’

एमाले जनप्रतिनिधिलाई अध्यक्ष ओलीको निर्देशन, ‘५ वर्ष जनता र पार्टीको हितमा काम गर्नुहोस्’


काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको तर्फबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधिलाई पाँच वर्षमा देखिने काम गर्न निर्देशन दिनुभएको छ ।

पार्टी नै कब्जा गर्ने र सिध्याउने चलखेल भइरहेको अवस्थामा पनि चुनौती सामना गर्दै धेरै स्थानीय तहमा जनप्रतिनिधि निर्वाचित गराउन सफल भएकाले यो अवस्था नभुली काम गर्न उहाँले आग्रह गर्नुभयो ।

काठमाडौंको भृकुटीमण्डपस्थित राष्ट्रिय सभा गृहमा आयोजित प्रशिक्षण कार्यक्रममा बोल्दै उहाँले यस्तो निर्देशन दिनुभएको हो । ‘यो नेकपा एमालेले लडेको जीवन मरणको लडाई हो । हाम्रो अस्तित्व मेटाउन खोजिएको थियो । हामी अहिले पनि प्रमुख पार्टी हौं । त्यसैले तपाईहरूले यो अवस्थालाई नभुली पार्टी र जनताको हितमा काम गर्नुहोला,’ उहाँले भन्नुभयो ।

‘महासंग्राम पार गरेर आउनुभएको छ । सफलताको लागि बधाई छ । यहाँहरुको कार्यकाल सफल रहोस् । कार्यकाल पूरा गर्दा तपाईहरुको नाम हाई हाई होस् । तपाईहरुले आलोचना सुन्न नपरोस् । जनप्रतिनिधिको नमूनाको रुपमा प्रस्तुत गर्न सक्नुहोस्,ु उहाँले भन्नुभयो, ‘विकासका कामहरु भिजन र योजनासहित प्रस्तुत हुनुस ।’

अध्यक्ष ओलीले जनप्रतिनिधिलाई विकासका अभियन्ता बन्न आग्रह गर्नुभयो । उहाँले जनताको सेवामा सदा तत्पर रहनुपर्ने बताउनुभयो । फरक प्रसंगमा पार्टीनै सिध्याउने षड्यन्त्र भएपनि त्यो सफल नभएको उहाँको भनाई थियो ।

प्रशिक्षण दुई दिन सम्म चल्नेछ । एमालेको केन्द्रीय पार्टी स्कुल विभागको तर्फबाट दिइने प्रशिक्षणमा पालिका प्रमुख तथा उपप्रमुखहरु सहभागी हुनुहुन्छ ।