अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

६५ जिल्लामा सकियो जिससको चुनाव, कति जिल्लामा कुन दलको नेतृत्व ?

६५ जिल्लामा सकियो जिससको चुनाव, कति जिल्लामा कुन दलको नेतृत्व ?


काठमाडौं – स्थानीय तह निर्वाचन अन्तर्गत जिल्ला समन्वय समितिको शुक्रबारसम्म ६५ जिल्लामा चुनाव सकिएको छ । अब प्रदेश एक – ३, मधेस– ४, गण्डकी २, लुम्बिनी, कर्णाली, सुदूरपश्चिम प्रदेशका १–१ जिल्लामा चुनाव हुन बाँकी छ ।

हालसम्मको निर्वाचनको परिणाम अनुसार काँग्रेसले २९ जिल्लाको जिसस प्रमुख जितेको छ भने २३ उपप्रमुख जितेको छ । यस्तै नेकपा एमालेले प्रमुखमा १७ र उपप्रमुखमा १४ जितेको छ । नेकपा माओवादी केन्द्रले १० जिल्लामा प्रमुख र २१ उपप्रमुख जितेको छ ।

नेकपा एकीकृत समाजवादीले प्रमुखमा ४ र उप्रमुखमा ५, लोसपाले २ प्रमुख र १ उपप्रमुख जितेको छ । यस्तै जसपाले प्रमुखमा २ र राष्ट्रिय जनमोर्चा १ प्रमुख जितेको छ ।

एक प्रमुख र उपप्रमुखमा स्वतन्त्र विजयी भएका छन् । जिससको प्रमुखमा तेस्रो भएको माओवादीले उपप्रमुखमा एमालेलाई उछिनेको छ । स्थानीय तहको जिल्लागत परिणाम अनुसार काँग्रेसको १६, एमालेको ११ र माओवादी ४ जिल्लामा एकल बहुमत थियो ।

काँग्रेसले गठबन्धनबाट १३ र माओवादीले ६ जिससको नेतृत्व हात पारेको छ । एकीकृत समाजवादी र जसपाले पनि गठबन्धनबाट जिससमा जित निकाल्न सफल भएका छन् । तर एमालेले ६ जिल्लामा गठबन्धन चिरेको छ । एमालेले ४ जिल्लामा गोलाप्रथाबाट नेतृत्व हात परेको छ ।