अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मध्य नेपालकोे मध्यविन्दुको नीति कार्यक्रम : सुन्दा साना, तर जनताको मनछुने (पूर्णपाठसहित)

मध्य नेपालकोे मध्यविन्दुको नीति कार्यक्रम : सुन्दा साना, तर जनताको मनछुने (पूर्णपाठसहित)


नवलपरासी – नवलपुर मध्यनेपालको मध्यविन्दु नगरपालिकाले सुन्दा साना तर जनताको मनछुने नीति कार्यक्रम सावर्जनिक गरेको छ । नगरप्रमुख भीमलाल अधिकारीले नगरसभामा पेश गरेकोआर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रममा किसानलाई प्रतिलिटर दुधमा दुई रुपैंया अनुदान देखि विद्यावारीधी गर्ने नगरवासीलाई ५० हजार पढाइ खर्चसम्मका बिषयहरु समेटिएका छन् ।

नीति कार्यक्रममा वार्षिक १० हजार लिटर दुध उत्पादन गर्ने किसानलाई गोबर ग्याँस बनाउन अनुदान दिने कुरा उल्लेख गरिएको छ । यसैगरी सिंचाइ प्रणालीलाई प्रभावकारी बनाएर उत्पादन बढाउनका लागि नगरपालिकाले खेतबारी साझा,सिंचाइले हराभरा भन्ने कार्यक्रम सञ्चलन गर्ने भएको छ । नगरपालिका भित्रको कृषि उत्पादनलाई अर्गानिक बनाउने,निरोगी नगरबासी बनाउने कार्यक्रमहरु पनि सावर्जनिक गरिएको छ ।

यो नगरमा बस्ने विभिन्न समुदायका बालबालिकामा अझै पनि कुपोषणको समस्या यथावत रहेकोले त्यसलाई निमिट्यान्न पारेर स्वस्थ नागरिक बनाउनका लागि स्वास्थ्य सहर,कुपोषण रहित मध्यविन्दु नगर कार्यक्रम सञ्चालन गरिने प्रमुख अधिकारीले बताउनुभयो ।

नगरपालिकाले आागमी आर्थिक वर्ष देखि नगर क्षेत्र भित्रका सबै पत्रकारको निशुल्क स्वास्थ्य विमा गरिदिने भएको छ । ज्येष्ठ नागरिकको ज्ञान नयाँ पुस्तामा सार्नका लागि अग्रजको ज्ञान,अनुजमा हस्तान्तरणको नीति लिइने उल्लेख गरिएको छ ।

मध्यविन्दु नगरपालिकालाई महिला हिंसा रहित बनाउन विशेष कार्यक्रम सञ्चलन गरिने नीति कार्यक्रममा उल्लेख छ । जसका लागि नयाँ युगको सन्देश,लैंगिक हिंसामा बन्धेज भन्ने कार्यक्रम अघि सारिएको छ । यसैगरी दाउराको खपत कम गर्दै धुवाजन्य रोगबाट गृहिणीलाई मुक्त गर्नका लागि सबै परिवारमा आधुनिक चुल्हो वितरण गर्ने कार्यक्रम अघि सारिएको छ । यसका लागि रोगको स्रोत धुँवा र धुलो,सबैको भान्सामा आधुनिक चुलो कार्यक्रम सञ्चलन गरिने भएको छ ।

नगरसभामा हिजो पेश गरिएको नीति कार्यक्रमका लागि भोली बजेट विनियोजन गरेर पेश गरिने प्रमुख अधिकारीले जानकारी दिनुभयो ।

पूर्णपाठ…….