अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कनकाई नगरपालिकाको बजेट ७३ करोड ८५ लाख

कनकाई नगरपालिकाको बजेट ७३ करोड ८५ लाख


झापा -झापाको कनकाई नगरपालिकाले आगामी आर्थिक वर्षका लागि २०७९- ८० का लागि चालु तथा पुँजीगत तर्फ कुल ७३ करोड ८५ लाख ६१ हजार ४ सय २० बराबरको सीमा भित्र रही वार्षिक बजेट प्रस्तुत गरेको छ ।
कनकाई नगरपालिकाको बजेट तथा निती कार्यक्रम तर्जुमा समिति संयोजक समेत रहनुभएकी उपप्रमुख आशा शिवाकोटीले कनकाईको एघारौं नगर सभाको बैठकमा आव२०७९÷८० कालागि पेश भएको वार्षिक बजेट सार्वजनिक गर्नुभएको हो । बजेटमा कनकाईका नौ वटै वडाबाट छनौट हुने वडास्तरीय विभिन्न योजना तथा कार्यक्रमकालागि वडाको भौगोलिक तथा जनसंख्याको आधारमा बाँडफाँड हुने गरी जम्मा रु.९ करोड, ६ लाख, १३ हजार खर्च गर्नकालागि बजेट बिनियोजन गरिएको छ ।

नगरपालिका, संघीय तथा प्रदेश सरकारको स्रोत र राजस्व बाँडफाँडबाट प्राप्त हुने रकम, वित्तीय समानीकरण अनुदान, समपूरक तथा स—शर्तमा उल्लेखीत कार्यक्रमका आधारमा तयार भएको पेश भएको हो ।
बजेटमा संघिय सरकारबाट प्राप्त हुने १५ करोड ९ लाख रुपैँया अनुदान रकम, प्रदेश एक सरकारबाट प्राप्त अनुदान रकम ८२ लाख ९९ हजार, प्रदेश सरकारबाट प्राप्त मालपोतको राजस्व बाँडफाडबाट प्राप्त हुने १० करोड ३ लाख रकम, प्रदेश सरकारको सवारी कर र घरजग्गा रजिष्ट्रेशन बापत प्राप्त हुने २ करोड ९८ हजार, नगरपालिकाबाट प्राप्त आन्तरिक आयबाट प्राप्त हुने ८ करोड १५ लाख ३० हजार रकमलाई बिभिन्न शीर्षकमा बिनियोजन गरिएको छ ।

कृषि तथा पशुपक्षी कार्यक्रमलाई प्राथमिक्तामा राखेको कनकाईले २ करोड २५ लाख रकम कृषि तथा पशुपक्षी कार्यक्रमकालागि बिनियोजन गरेको छ । यसैगरि शिक्षामा २ करोड ५ लाख, स्वास्थ्यमा १ करोड ५० लाख, खानेपानी र सरसफाईमा ५० लाख, वन वातवरण, सस्कृति तथा पर्यटनमा ३० लाख, खेलकुदमा ३५ लाख, महिला वालवालिका तथा लक्षित बर्ग र संस्थागत सहयोगमा २ करोड २२ लाख, विद्युत विस्तारमा ३५ लाख लगायत रहेको छ ।

बजेटले कृषि तथा पशुपालन क्षेत्रको रुपान्तरणकालागि समयअनुकुल प्रविधिको प्रयोग बढाएर आधुनिकीकरण, विशिष्टिकरण तथा व्यवासायीकरण तर्फ प्राथमिक्ता दिएको पाइन्छ । स्वास्थ्य र शिक्षाको गुणस्तर वृद्धि, गरीव—भूमिहीन तथा अशक्तमैत्री कार्यक्रमहरु संचालन गर्दै अघि बढ्नु बजेटको प्राथमिक्ता रहेको बताइएको छ । आर्थिक तथा सामाजिक क्षेत्रमा समानुपातिक विकास साथै भौतिक पूर्वाधारको निर्माण तथा स्तर उन्नतीकालागि बजेटले प्राथमिकता दिएको छ । संस्थागत क्षमता विकास, सेवा प्रभावमा प्रभावकारीता साथै सुशासनमा अभिवृद्धिकालागि बजेटले प्राथमिक्ता दिएको पाइन्छ । त्यसैगरी लक्षित तथा विपन्न वर्गको सशक्तिकरण ,सुरक्षित आवास साथै क्षमता विकासका कार्यहरु समेत बजेटको प्राथमिकतामा परेको बताइएको छ ।

बजेटको प्राथमिक्तामा पर्यटकीय गन्तव्यहरुको उजागर गरी आर्थिक विकास साथै विपद् व्यवस्थापन तथा वातावरण संरक्षण समेत रहेको छ । कनकाईमा औधोगीकरण तथा युवा रोजगारीको अवसरमा वृद्धि गर्ने साथै उज्यालो हरित नगरी निर्माणलाई प्राथमिकतामा राखेको बताइएको छ । त्यस्तै मजदुर मैत्री एवम् वालमैत्री सुन्दर नगर निर्माण गर्ने कार्यलाई बजेटले प्राथमिक्तामा राखेको बजेट वक्तव्यमा उल्लेख छ ।

कनकाई नगरपालिकाका प्रमुख राजेन्द्र पोखरेलको अध्यक्षतामा भएको थियो ।