अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

दमकको बजेट १ अर्व ६३ करोड

दमकको बजेट १ अर्व ६३ करोड


दमक -दमक नगरपालिकाले आगामी आर्थिक वर्ष २०७९र८० बजेट पनि नगरसभामा प्रस्ताव गरेको छ ।
उपप्रमुख रेगिना भट्टराईले सभामा बजेट ‘१ अर्व ६३ करोड ४० लाख ४० हजार रुपैँयाको बजेट नगरसभामा पेश गर्नुभएको हो । यसमा ८३ करोड ३३ लाख ६० हजार अर्थात कुल बजेटको ५१ प्रतिशित बजेट चालु खर्चमा छुट्ट्याइएको छ भने ८० करोड ६ लाख ७९ हजार रुपैँया अर्थात कुल बजेटको ४९ प्रतिशत पुजिगत खर्चका लागि छुट्ट्याइएको छ ।

भट्टराईले पेश गरेको बजेटका श्रोतका आधारमा नेपाल सरकारबाट प्राप्त हुने वित्तिय समानीकरण अनुदात मार्फत २१ करोड ९२ लाख, राजस्व बाँडफाँडबाट १२ करोड ७२ लाख ६१ हजार, रुपैंया रहेको छ । प्रदेश सरकारको वित्तिय समानीकरण अनुदानबाट १ करोड २३ लाख ३५ हजार रुपैंया, प्रदेश सरकारको सवारी साधन कर बाँडफाडबाट ७० लाख ९९ हजार रुपैँया, मालपोत रजिस्ट्रेसन शुल्कबाट १८ करोड, आन्तरिक श्रोतबाट २६ करोड ३७ लाख २२ हजार र जनसहभागीताबाट ५ करोड प्राप्त हुने अनुमान सहितको बजेट उपप्रमुख भट्टराईले नगरसभामा प्रस्तुत गर्नुभयो ।

बजेटले नगरपालिकाको शुसाषन, आर्थिक समृद्धि, लैङ्गीक समानता , समावेशिकरण , न्यायपूणर् , सन्तुलित र दिगो पूर्वाधार विकासको परिकल्पना गरिएको दावि गरिएको छ ।

नीति तथा कार्यक्रम एवं बजेटका सम्बन्धमा नगरसभाका सदस्यहरुलाई असार २० गते सम्ममा नगर प्रमुखलाई सुझाव पेष गरिसक्न अनुरोध गरिएको छ ।