अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बेलबारीका महिला जनप्रतिनिधीलाई सारी र झोला वितरण

बेलबारीका महिला जनप्रतिनिधीलाई सारी र झोला वितरण


काठमाडौ -नवनिर्वाचित महिला जनप्रतिनिधिलाई मोरङको बेलबारी नगरपालिकाले १ लाख ७४ हजारको साडी वितरण गरेको छ । जनताको सेवामा लाग्ने प्रतिवद्धताका साथ निर्वाचन जितेका जनप्रतिनिधिले आफैंलाई साडी वितरण गर्न थालेपछि कतिपयले त्यसको आलोचना गरेका छन् ।
बेलबारी नगरसभामा पोशाकका रूपमा महिला जनप्रतिनिधिहरूलाई साडी वितरण गरिएको हो । गत असार ९ गते बसेको नगर कार्यपालिकाको बैठकबाट निर्णय गराएर महिला जनप्रतिनिधिहरूलाई साडी दिएको बताइएको छ । ६ हजार मूल्य बराबरको साडी महिलाहरूलाई दिएको नगरपालिका स्रोतले बताएको छ । उपमेयर निता थापा कोइरालाले नै महिला जनप्रतिनिधिका लागि साडी खरिद गरेको नगरपालिका स्रोत बताउछ ।
नगरपालिकाको लेखा शाखाले उनीहरुकै बैंक खातामा उक्त रकम पठाउने तयारी गरेको छ । ‘कार्यतालिकाको निर्णय कार्यान्वयन गर्ने हाम्रो कर्तव्य हो,’ लेखा शाखाका एक कर्मचारीले भने । उक्त साडीको मूल्य भने भ्याटसहित ६ हजार रहेको छ । कार्यालयले ६ हजार रुपैयाँ नगरपालिकाले खातामा हालिदिएपछि सो रकम उपप्रमुखलाई बुझाउने एक महिला जनप्रतिनिधिले बताइन् ।