अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

त्रिभुवन विश्वविद्यालय कर्मचारी संघमा एमालेको प्यानलै विजयी

त्रिभुवन विश्वविद्यालय कर्मचारी संघमा एमालेको प्यानलै विजयी


काठमाडौं – त्रिभुवन विश्वविद्यालय (त्रिवि) कर्मचारी संघको १२औं निर्वाचनमा एमाले निकट कर्मचारीको प्यानलै विजय भएको छ । असार १० गते नयाँ नेतृत्वका लागि भएको चुनावमा प्रजातान्त्रिक वाम लोकतान्त्रिक गठबन्धनलाई हराउँदै अध्यक्षमा एमाले निकट छत्रबहादुर कार्की विजयी हुनुभएको हो ।

मंगलबार राति सकिएको मतगणना अनुसार कार्कीले २४४१ मत पाए भने गठबन्धनका उम्मेदवार पूण्यप्रसाद आचार्यले १९२७ मत ल्याउनुभयो ।

त्यस्तैगरी संघको महासचिवमा प्रगतिशील कर्मचारी समूहकी सिर्जना भोमीले २१९३ मत ल्याएर विजयी हुनुभयो । गठबन्धनका दुर्गाप्रसाद तिमिल्सिनाले १८८४ मत प्राप्त गरेका छन् । महासचिवमा स्वतन्त्र उम्मेदवारी दिएका प्रदीप सापकोटाले १५० मत पाउनुभयो ।

एक वरिष्ठ उपाध्यक्ष, सात उपाध्यक्ष, महासचिवसहित २५ सदस्यीय केन्द्रीय समितिमा सबैमा एमालेनिकट कर्मचारी विजयी भएका छन् । संघमा यसअघि कांग्रेस निकट कर्मचारीले सबै पदमा जितेको थियो।