अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

उपेन्द्र यादव र बाबुराम भट्टराईबीच मध्यरातको वार्तामा के भयो ?

उपेन्द्र यादव र बाबुराम भट्टराईबीच मध्यरातको वार्तामा के भयो ?


काठमाडौं – जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई र उपेन्द्र यादवबीच गएराति अबेरसम्म वार्ता भएको छ ।

वार्तामा दुवै नेता अब अलग अलग अघि बढ्ने समझदारी भएको बताइएको छ । सो पार्टीका अध्यक्ष उपेन्द्र यादवले संघीय परिषद् अध्यक्ष डा. भट्टराई र आफूबीच अलग हुने समझदारी भएको पुष्टि गर्नुभयो ।

‘नयाँ शक्ति र संघीय समाजवादी फोरमबीच एकताबाट हामी एउटै पार्टी भएका थियौं । तर, दुइ पार्टी ‘एकोमोडेट’ हुन सकेन, केमेष्ट्री पनि मिलेन,’ अध्यक्ष यादवले भन्नुभयो ‘त्यसैले हामी अलग भएर अघि बढ्ने समझदारीमा पुगेका छौँ ।’