अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

भूकम्प प्रभावित पुनरावेदकको पुनरावेदनसम्बन्धी न्यायिक अन्तरसंवाद

भूकम्प प्रभावित पुनरावेदकको पुनरावेदनसम्बन्धी न्यायिक अन्तरसंवाद


सिन्धुपाल्चोक – भूकम्प प्रभावित पुनरावेदकको पुनरावेदनसम्बन्धी न्यायिक अन्तरसंवाद कार्यक्रम मेलम्चीमा सम्पन्न भएको छ । कार्यक्रममा मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले सरकारले पीडितको समस्या तत्काल समस्या समाधान गर्न सक्नुपर्ने बताउनुभयो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय राष्ट्रिय पुनःनिर्माण प्राधिकरण पुनरावेदन समितिको आयोजनामा भएको कार्यक्रममा पुनरावेदन समितिका अध्यक्ष बालेन्द्र रुपाखेतीले वास्तविक पीडित पहिचान गरी नाम उपलब्ध गराउन आग्रह गर्दै सकेसम्म पीडितलाई राहत उपलब्ध गराउन समितिले काम गर्ने बताउनुभयो ।

कार्यक्रममा मेलम्ची नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृतकुमार धितालले वास्तविक पीडित अझै पनि लाभग्राही कायम नभएको उल्लेख गर्दै उनीहरूलाई लाभग्राही कायम गरी सरकारले दिने रकम उपलब्ध गराउन माग गर्नुभयो ।

कार्यक्रममा वडाध्यक्षहरूले पहिलो किस्ता बुझेर अहिलेसम्म घर नबनाउने, घर बनाइसकेपछि सम्पन्नताको फाइल बुझाउनेको फाइल गायब बनाउनेलाई कारबाहीको मागसमेत गर्नुभयो । कार्यक्रममा समितिका सदस्य भीष्मराज कडरियाले वास्तविक पीडित पहिचान गरी रिपोर्ट पठाउन आग्रह गर्नुभयो । वडा र पालिकाले सिफारिस गरेको आधारमा वास्तविक पीडितले राहत पाउनुपर्ने कडरियाले बताउनुभयो । समितिका सदस्य सचिव गोपीकृष्ण रेग्मीले कार्यक्रमको उद्देश्यबारे प्रष्ट पार्नुभएको थियो । (