अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

निजगढ पुगेर प्रधानमन्त्रीले भन्नुभयो, ‘क्षति कम गर्दै दुइटा रनवेसहितको सुविधासम्पन्न विमानस्थल बनाउँछौं’

निजगढ पुगेर प्रधानमन्त्रीले भन्नुभयो, ‘क्षति कम गर्दै दुइटा रनवेसहितको सुविधासम्पन्न विमानस्थल बनाउँछौं’


बारा – प्रधानमन्त्री शेरबहादुर देउवाले कम क्षतिमा जसरी पनि निजगढमा नै विमानस्थल स्थापना गर्ने बताउनुभएको छ ।

शनिबार निजगढस्थित अन्तर्राष्ट्रिय विमानस्थल निर्माणस्थलको निरीक्षणमा पुग्नुभएका उहाँले सुविधासम्पन्न अन्तर्राष्ट्रिय विमानस्थलको खाँचो रहेको बताउँदै क्षती कम गर्दै निर्माण गर्ने बताउनुभएको हो ।

सत्ता गठबन्धनका शीर्ष नेताहरुसँग विमानस्थल निर्माण क्षेत्रको हवाई निरीक्षण गरेपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उहाँले भन्नुभयो, ‘दुइटा रनवेसहित विमानस्थल बनाउँछौं । त्यसका लागि विज्ञसँग छलफल गरिरहेका छौं । कम क्षतिमा जसरी पनि विमानस्थल स्थापना गर्न थालेको क्षेत्रमा विमानस्थल निर्माण गर्छौं ।’

यस्तै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सर्वोच्च अदालतबाट विमानस्थल निर्माणमा कुनै रोकावट गर्ने आदेश नआएको बताउनुभयो । ‘अदालतबाट विमानस्थल अवरुद्ध गर्ने कुनै आदेश छैन । विमानस्थल बन्छ । निजगढ एयरपोर्ट राष्ट्रिय गौरवको एउटा ड्रिम प्रोजेक्ट पनि हो,’ उहाँले भन्नुभयो ।