अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

पूर्वराष्ट्रपति भण्डारीको दसैँ: आमाबाट ग्रहण गरिन् जमरा, छोरी-ज्वाइँलाई लगाइदिइन् टीका

पूर्वराष्ट्रपति भण्डारीको दसैँ: आमाबाट ग्रहण गरिन् जमरा, छोरी-ज्वाइँलाई लगाइदिइन् टीका


काठमाडौँ-पूर्वराष्ट्रपति एवं नेकपा एमालेकी वरिष्ठ नेता विद्यादेवी भण्डारीले विजयादशमीका अवसरमा आज आफ्नी आमा मिथिला पाण्डेबाट जमरा ग्रहण गरी आशीर्वाद लिएकी छन्।

विजयादशमीको अवसरमा भण्डारीले आफ्नी छोरी र ज्वाइँलाई टीका लगाइदिएकी छन्।

पूर्वराष्ट्रपति भण्डारीले बालुवाटारस्थित निवासमा सर्वसाधारण, शुभेच्छुक तथा पार्टीका कार्यकर्तालाई समेत टीका लगाइदिँदै विजयादशमीको शुभकामना आदानप्रदान गरेकी छन्।

पूर्वराष्ट्रपति भण्डारीका स्वकीय सचिव राजकुमार राईले उनले परिवारका सदस्यसँगै शुभेच्छुक र पार्टीका कार्यकर्तासँग दसैँको खुसी साटासाट गरेको जानकारी दिएका छन्।