अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सिचाई डिभिजन कार्यालयले बेलामा काम नगर्दा परासी बजार डुबानमा पर्ने पिर

सिचाई डिभिजन कार्यालयले बेलामा काम नगर्दा परासी बजार डुबानमा पर्ने पिर


परासी -डिभिजन सिचाई कार्यालयको लार्पवाहीले जिल्ला स्थित झरही खोलामा काम सम्पन्न नहुदा अहिले फेरी डुबानमा पार्ने पिरमा सदरमुकाम परासीबासी छन् । पटक पटक स्थानिय पहल गर्दा डिभिजनले काम गर्न ढिलाई गर्दा खोलामा बाँधको पुर्ण काम हुन नसके पछि खोला बढ्दा स्थानिय त्रसित हुने गरेका हुन् ।
खोलामा अहिले पानी बढदै जादा स्थानिय त्रसित बनेको रामग्राम १ का सुरज यादवले बताए । त्यसको दबाव जिल्ला समन्वय समिति (जिसस) र रामग्राम नगरपालिकामा पर्ने गरेको छ । उपभोतmा समिति बनाउने र आफ्नो मान्छेलाई ठेक्का दिने योजना बनाउदा बनाउदै काममा ढिलाई भएका कारण लुम्बिनी प्रदेश सरकारले बजेट बिनियोजना गर्दा पनि काम हुन नसकेको उनको भनाई थियो । बजारबासी त्रसित बने पछि सोमवार जिसस प्रमुख भगौती यादव,रामग्राम नगरपालिकाका मेयर धनपत यादव र प्रमुख जिल्ला अधिकारी (प्रजिअ) श्रवणकुमार पोखरेल सहितको टोलीले स्थलगत अनुगमन गरेको छ । अनुगमनको क्रममा जिसस प्रमुखले नगरपालिका माथि पनि आक्रोस पोखेका थिए । सिचाई डिभिजनको भरमा मात्रै पर्न नहुने उनको तर्क थियो । नगरबासीलाई बचाउने नगरपालिकाको पनि दायित्व हो,उनले भने, बेलामा नगरपालिकाले चाँसो नलिदा अहिले यस्तो अवस्था आएको बताए ।


लुम्बिनी प्रदेश सरकारले सो क्षेत्रमा बाँध निर्माणका लागि १ करोड विनियोजन गरेको थियो । तर सिचाई डिभिजन कार्यालयको वेवास्ताले अन्तिम समयमा मात्र थोरै मात्रामा काम भयो,त्यो पनि जिसस प्रमुखले रकम फ्रिज गराए डिभिजन प्रमुखलाई विभागिय कारवाहीका लागि सिफारिस गर्ने चेतावनी पछि मात्र २२ लाख बराबरको स्टिमेट गरेर सिचाई डिभिजन कार्यालयले सम्झौता गरेको थियो । जबकी सम्झौता भएको एक सातामै सो काम सम्पन्न भएको थियो । पुरै रकम खर्च हुदैन भन्दै सिचाई डिभिजनका इन्जिनियरहरुले पुरै रकमको काम गर्न सम्झौता गर्न मानेन्,जिसस प्रमुख यादवले भने, डिभिजनले पुरै रकमको सम्झौता गरेको भए पुरै रकम खर्चेर नदीको सबै भाग तटबन्ध र बाँध निर्माण गर्न सकिन्थ्यो । यता स्थानियले नगरपालिकाको पनि ध्यानाकर्षण गराउदै आए पनि नगरपालिकाले चाँसो लिएर काम गरेको पाइएन्, उनले थपे, अहिले नगरपालिकाका पाँच वटा वार्ड त्रासमा छन् । खोला बढेर पानी परासी बजारमा पस्यो भने गत बर्ष जस्तै करोडौको क्षति हुन सक्ने उनको भनाई थियो ।
यता रामग्राम नगरपालिकाका मेयर धनपत यादवले यो बर्ष पुरै काम गर्न नसकिएको स्वीकार गर्दै आउदो बर्षमा नगरपालिकाले नै खोलाको सफाई र आवश्यक स्थानमा तटबन्ध र बाँध निर्माण गर्दै लैजाने गरि बजेट विनियोजन गरिएको बताए । यो बर्ष जसो तसो सचेत भएर दिन कटाउन पर्यो,उनले भने, आर्को बर्ष नदी ब्यवस्थित गर्नकै लागि नगरपालिकाले स्काभेटर खरिद गरि नगरका खोलानाला सफाई गर्ने,निस्कने आवश्यक माटोबालुवा खोलाकै बाँधमा लगाउने र बचेको माटो भस्कट विक्रि गर्ने योजना सुनाए । नगरपालिका आफै अग्रसर भएर अब खोलामा काम गर्नेछ, उनले थपे, पहिलाका मेयरले गर्ने काम नगर्दा अहिले यो अवस्था देखिएको हो,तर हिउँद लाग्ने वित्तिकै काम हुन्छ, अहिले खत्तरा अवस्था आएमा नगरिकको सुरक्षाका लागि नगरपालिका तयारीमा लागेको छ । उनले नगरबासीलाई बाढी आउन सक्ने हुदा आफ्नै स्तरबाट पनि सचेत रहन आग्रह गरेका थिए । खोलाको ब्यवस्थापनमा आफुले डिभिजन सिचाईलाई पटक पटक सचेत गराएको बताउदै प्रजिअ पोखरेलले खोलाको तटबन्धनमा स्थानिय प्रशासनबाट हुने सबै सहयोग गरेको सुनाए ।