अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

काठमाडौको फोहोर आज देखि दैनिक ३५० वटा गाडीमा उठाइन्छ : बालेन

काठमाडौको फोहोर आज देखि दैनिक ३५० वटा गाडीमा उठाइन्छ : बालेन


काठमाडौ- स्थानीयवासीले अवरोध नगरे आजबाट दैनिक ३ सय ५० गाडी फोहोर उठाइने काठमाडौ महानगरले जनाएको छ ।
महानगरका प्रमुख बालेन्द्र साहले सामाजिक सञ्जालमा लेखेर जानकारी दिए अनुसार हिजो नै फोहोरका १ सय ५२ वटा गाडी बञ्चरे डाँडा पुगेका छन् ।
कुनै अवरोध नभए आजदेखि दैनिक २५० देखि ३५० गाडी फोहोर बोकेर बञ्चरेडाँडा पुग्ने जानकारी उनले दिएका छन्।

‘हामी यो पनि विश्वास दिलाउन चाहन्छौँ कि हामी कुनै पनि हालतमा सिसडोलको दुरावस्था बञ्चरेमा दोहोर्याउने छैनौँ’, मेयर साहहले सामाजिक सञ्जालमा लेख्नुभएको छ , ‘थुप्रिएका फोहोरहको व्यवस्थापन नभई अन्य विकल्पहरुमा जानु व्यवहारिक रुपमा कठिनाइ भएकाले मात्रै बाध्य भएर अहिलेको व्यवस्थापनको तरिका अपनाइ रहेका हौं।’