अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको मूल्य

भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको मूल्य


काठमाडौँ – भारतबाट पेट्रोलियम पदार्थको मूल्य बढेर आएको छ।

भारतीय आयल कर्पोरेसन (आईओसी)ले नेपाल आयल निगमलाई पठाएको मूल्यसूची अनुसार मूल्य बढेर आएको हो ।

आज भारतले पठाएको सूचीअनुसार पेट्रोल प्रतिलिटर १ रुपैयाँ ३९ पैसा र डिजेल ६ रुपैयाँ १२ पैसा बढेर आएको हो। नयाँ मूल्यअनुसार निगमलाई डिजलमा प्रतिलिटर १२ रुपैयाँ घाटा पुगेको छ। 
तर पेट्रोलमा भने अझै प्रतिलिटर २ रुपैयाँमा नाफा छ। खाना पकाउने एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर १ सय रुपैयाँ घटेर आएको छ। अब एलपी ग्यासमा १५ दिनको नोक्सानी करिब ५० करोड पुग्नेछ।