अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

डलरको भाउ अहिलेसम्मकै उच्च

डलरको भाउ अहिलेसम्मकै उच्च


काठमाडौं-नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर तय गरेको छ। जस अनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।

आज डलरको खरिद दर १३० रुपैयाँ ३० पैसा र बिक्री दर १३० रुपैयाँ ९० पैसा रहेको छ। यो डलरको अहिलेसम्मकै उच्च रेट हो । युरो एकको खरिद दर १२५ रुपैयाँ ७४ पैसा र बिक्री दर १२६ रुपैयाँ ३२ पैसा रहेको छ।

बेलायती पाउण्ड एकको खरिद दर १३९ रुपैयाँ ८८ पैसा र बिक्री दर १४० रुपैयाँ ५२ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३५ रुपैयाँ ५२ पैसा र बिक्री दर ३५ रुपैयाँ ६९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।