अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

गणना नसकिँदै एमालेको चुनाव चिह्न लिनुभएका कमल थापाद्वारा हार स्वीकार

गणना नसकिँदै एमालेको चुनाव चिह्न लिनुभएका कमल थापाद्वारा हार स्वीकार


मकवानपुर-मकवानपुर क्षेत्र नम्बर १ बाट नेकपा एमालेको चुनाव चिह्न लिएर उम्मेदवार बनेका राप्रपा नेपालका अध्यक्ष कमल थापाले हार स्वीकार गर्नुभएको छ । अझैपनि १२ हजार मत गणना हुन बाँकी रहेको अवस्थामा थापाले सामाजिक सञ्जाल फेसबुक मार्फत हार स्वीकार गर्नुभएको हो ।

९१ हजार ५ सय ८३ मत खसेकोमा गठवन्धनकी उम्मेदवारभन्दा करिब ११ सय मतान्तरले मात्र पछि परेको अवस्थामा थापाले हार स्वीकार गर्नुभएको छ । उहाँले ‘सूर्य’चिन्ह लिएर चुनाव लड्ने अवसर दिएकोमा नेकपा (एमाले)लाई धन्यवाद दिनुभएको छ ।

उहाँले लेख्नुभएको छ,’पराजयलाई सहर्ष स्विकार गर्दछु। हामीलाई मतदिनु हुने सबैमा आभार। ‘सूर्य’चिन्ह लिएर चुनाव लड्ने अवसर दिएकोमा नेकपा९एमाले०लाई धन्यवाद। चुनावमा रातदिन नभनी ईमान्दारपुर्वक खट्ने एमालेका सम्पूर्ण कमरेडहरु,राप्रपा नेपालका साथीहरु प्रति आभारी छु। देश र जनताको हितमा निरन्तर सक्रिय रहने छु ।’