अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

भारतीय विदेश सचिव विक्रम मिस्री नेपाल आइपुगे (तस्बिरहरू)

भारतीय विदेश सचिव विक्रम मिस्री नेपाल आइपुगे (तस्बिरहरू)


काठमाडौँ-भारतका विदेश सचिव विक्रम मिस्री नेपाल आइपुगेका छन्। परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईको मैत्रीपूर्ण निमन्त्रणामा उनी नेपाल आएका हुन्।

नेपाल भ्रमणका क्रममा परराष्ट्र सचिव राई र भारतीय विदेश सचिव मिस्रीबीच द्विपक्षीय भेटवार्ता तथा छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ।

छलफलमा नेपाल-भारत सम्बन्धका समग्र पक्षको समीक्षा गर्नुका साथै आपसी हित र चासोका विविध विषयमा विचार आदानप्रदान हुने कार्यक्रम रहेको छ।

यस भ्रमणले नेपाल र भारतबीच लामो समयदेखि रहिआएको घनिष्ठ तथा मैत्रीपूर्ण सम्बन्धलाई थप सुदृढ बनाउन योगदान पुग्ने विश्वास मन्त्रालयले व्यक्त गरेको छ।