अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

जनतालाई सहज सेवा दिने सुनवलको अर्को प्रयास,योजनाको सम्झौता वडा कार्यलयबाटै

जनतालाई सहज सेवा दिने सुनवलको अर्को प्रयास,योजनाको सम्झौता वडा कार्यलयबाटै


परासी-नगरबासीलाई सहज ेसेवा दिने प्रतिवद्धता गर्नु भएको सुनवल नगरपालिकाकी मेयर बिमला अर्यालले वडाबाट नगर योजनाको सम्झौता गर्न सुरु गर्नु भएको छ । वडाबाटै योजना सम्झौता हुन थालेपछि नगरवासीलाई सहज भएको छ।

नगर सभाबाट विनियोजन भएका नगरस्तरीय योजना र वडाबाट छनोट भएका वडास्तरीय योजनाको सम्झौता सम्बन्धित वडाबाटै गर्न थालिएको नगर प्रमुख बिमला अर्यालले जानकारी दिनुभयो ।
सम्बन्धित वडामा नगर प्रमुख,प्रमुख प्रशासकीय अधिकृत, योजना शाखाका कर्मचारीसहितको टोली पुगेर सम्बन्धित वडाध्यक्ष, सचिव तथा छनोट भएका योजनाका उपभोक्ता समितिका पदाधिकारीकाबीच कार्य सम्झौता गर्ने काम भईरहेको नगर प्रमुख अर्यालले बताउनुभयो ।
वडाबाटै सम्झौता गर्दा काम समयमै र छिटोछरितो सम्पन्न गर्न सकिने, उपभोक्ता समितिलाई सहज हुने, योजना सम्झौताका लागि नगरपालिका कार्यालयसम्म धाइरहनुपर्ने अवस्थाको अन्त्य हुने र सही उपभोक्ता पहिचान गर्नमा सघाउ पुग्ने मुख्य उद्देश्यले वडा(वडामै योजना सम्झौतालाई अभियानको रूपमा अगाडि बढाइएको मेयर अर्यालले उल्लेख गर्नुभयो ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भक्तिराम मरासिनीले नगरवासी लाभग्राहीको लागि यो एक प्रकारको घुम्ती सेवा जस्तै भएको बताउनुभयो । उपभोक्ता समितिले योजना सम्झौतापश्चात अन्तिममा काम सकेर भुक्तानीका लागि मात्रै नगरपालिका कार्यालयमा आए पुग्ने एउटै कामका लागि पटक(पटक आइरहनुपर्ने भएकोले उपभोक्तालाई सहज हुने उहाँले बताउनुभयो ।
उहाँका अनुसार १३ वटा वडा रहेको नगरपालिकाका हालसम्म वडा नं। ४,५ र १२ मा यो कार्यको शुरुआत भईसकेको छ भने बाँकी रहेका वडामा क्रमशः सम्झौता गरिने प्रमुख प्रशासकीय अधिकृत मरासिनीले बताउनुभयो ।
नेपालको संविधान र स्थानीय सरकार सञ्चालन ऐन, २०७४ ले निर्दिष्ट गरेको स्थानीय तहको अधिकार क्षेत्रभित्रको विकास निर्माण कार्यलाई सरलीकरण र सहभागितामूलक रूपमा सञ्चालन गर्न यो सेवा वडा(वडामै लगिएको नगरपालिकाले जनाएको छ