अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

काठमाडौं उपत्यका प्रहरी प्रमुखमा दिवेश लोहनी

काठमाडौं उपत्यका प्रहरी प्रमुखमा दिवेश लोहनी


काठमाडौं – प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) दिवेश लोहनी काठमाडौं उपत्यका प्रहरी कार्यालयमा सरुवा हुने भएका छन्।

रिक्त रहेको उपत्यका प्रहरी कार्यालय प्रमुखमा सरकारले कागजमा उनलाई पठाउने निर्णय गरेको हो।

कात्तिक २५ गते रबिन्द्रबहादुर धानुक अनिवार्य अवकास भएपछि उपत्यका प्रहरी प्रमुख रिक्त भएको थियो।

प्रहरी प्रधान कार्यालयमा कार्य विभाग र अपराध अनुसन्धान विभागमा कार्यरत लोहनीलाई सरकारले महत्वपूर्ण मानिने कार्यालयको जिम्मेवारी दिएको हो।

एआईजीका लागि सबैभन्दा रोजाईको पोष्टिङ यहाँ मानिन्छ। लोहनी आईजीपी धीरजप्रताप सिंहकै ब्याची हुन्। उहाँ चैतमा आईजीपीसँगै अवकाश हुने छन्।