काठमाडौं- काठमाडौंबाट थाइल्याण्डको बैंककका लागि उडेको नेपाल एयरलाइन्सको विमान बंगलादेशमा आकस्मिक अवतरण गरेको छ । इन्डिकेटरमा समस्या आएपछि १५२ जना यात्रु लिएर उडेको विमान बंगलादेशमा अवतरण गरेको नेपाल वायु सेवा निगम स्रोतले जानकारी दियो ।
निगमको न्यारो बडी विमान बंगलादेशको चटगाउँस्थित अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो । प्राविधिक जाँचपछि फेरि सो विमान उडाउने तयारी भइरहेको जनाइएको छ ।
प्रतिक्रिया