अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

सपथ नलिंदै राजेन्द्र लिङदेनद्वारा तीनवटा पुल शिलान्यास

सपथ नलिंदै राजेन्द्र लिङदेनद्वारा तीनवटा पुल शिलान्यास


झापा -नवनिर्वाचित सांसद राजेन्द्र लिङ्देनले बुधबार एकै दिन तीनवटा पुलको शिलान्यास गर्नुभएको छ । राप्रपा अध्यक्षसमेत रहेका उनले हल्दीबारी गाउँपालिकाको भुतेनी खोला, भुसुडी खोलामा बन्ने पक्की पुलको शिलान्यास गर्नुभयो ।

२०८१ मङ्सिर ५ गते निर्माण सम्पन्न हुने गरी रु चार करोड ६७ लाख ९४ हजार आठ सय ७८ मा तीनवटा पुलको सारा सृष्टि निर्माण सेवा प्रालिसँग ठेक्का सम्झौता भई शिलान्यास गरिएको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत सुवास श्रेष्ठले जानकारी दिनुभयो ।

पालिको वडा नं १ र ५ जोड्ने भुतेनी खोलामा ४२ दशमलव सात मिटर लम्बाइको, वडा नं ३ को भुसुडी खोलामा २६ दशमलव आठ मिटर लम्बाइको र भुसुडी खोलाकै अर्को स्थानमा २६ दशमलव आठ मिटर लम्बाइको पुल निर्माण हुने भएको छ ।