काठमाडौं- देशका पहाडी भू–भागमा आज बिहान आंशिक बदली रहेको छ । अन्य भू–भागमा मौसम सामान्यतया सफा रहेको छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो प्रदेश १ र गण्डकी प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिक बदली रहनेछ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।
विभागले आज राति सुदूरपश्चिम प्रदेश र प्रदेश–१ का पहाडी भू–भागका थोरै स्थानमा आंशिक बदली रहने जनाएको छ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।
तराई भू–भागमा हुस्सु÷कुहिरो लाग्ने तथा देशका अधिकांश भू–भागमा तापक्रम क्रमिक रूपमा घट्दै जाने सम्भावना रहेकाले चिसोबाट बच्न विभागले आग्रह गरेको छ ।






प्रतिक्रिया