अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

काठमाडौं उपत्यकामा चिसो बढ्यो,देशका अरु भूभागमा सामान्य बदली हुने

काठमाडौं उपत्यकामा चिसो बढ्यो,देशका अरु भूभागमा सामान्य बदली हुने


काठमाडौं -काठमाडौं उपत्यकामा चिसो बढेको छ । आज बिहानको तापक्रम ८ डिग्री सेल्सियस रहेको छ । दिउसो सम्ममा १९–२० डिग्री सेलिसयससम्म पुग्ने मौसमविद् मौस पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज देशका कुनै पनि भू–भागमा हिमपात तथा वर्षाको सम्भावना छैन । यद्यपि, चिसो बढ्दै गएको छ । चिसो बढ्दै गएकोले यसबाट जोगिन सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।
तराईका केही भू–भागमा हुस्सु र कुहिरो लागेको छ । दिउसो सम्ममा घाम लाग्ने महाशाखाले जानकारी दिएको छ । काठमाडौंमा हवाई उडान तथा अवतरणमा समस्या हुने गरी तुवाँलो लागेको छैन ।

यसैबीच, प्रदेश–१ को पहाडी भू–भागमा तथा उच्च पहाडी र हिमाली भू–भागमा आज बिहान हांशिक बदली रहेको छ । अन्य भू–भागमा मौसम सामान्यतया सफा रहेको छ ।

Skip This