अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

पोखरा विश्वविद्यालयले  खुला प्रतिस्पर्धाबाट डिन नियुक्त गर्दै, आवेदन आह्वान

पोखरा विश्वविद्यालयले  खुला प्रतिस्पर्धाबाट डिन नियुक्त गर्दै, आवेदन आह्वान


पोखरा-पोखरा विश्वविद्यालयले चार संकायका डिन नियुक्तिका लागि खुला प्रतिस्पर्धाबाट आवेदन आह्वान गरेको छ।

विश्वविद्यालयले व्यवस्थापन, विज्ञान तथा प्रविधि, मानविकी तथा सामाजिक शास्त्र र स्वास्थ्य विज्ञान संकायमा रिक्त डिन पदका लागि योग्य तथा इच्छुक उम्मेदवारबाट आवेदन माग गरेको हो।

डिन छनोट प्रक्रियाअन्तर्गत उम्मेदवारले सम्बन्धित संकायको रणनीतिक योजना कार्यान्वयनसम्बन्धी कार्ययोजना र व्यक्तिगत विवरण पेस गर्नुपर्नेछ।

विश्वविद्यालयका अनुसार उम्मेदवारले पेस गर्ने कार्ययोजनामा सम्बन्धित संकायको SWOT विश्लेषण, रणनीतिक प्राथमिकता, प्रमुख कार्यक्रम तथा क्रियाकलाप, कार्यान्वयन योजना र समयसीमा, स्रोत तथा बजेट तथा अनुगमन लगायतका विषय समेट्नुपर्नेछ।

खुला प्रतिस्पर्धाबाट डिन छनोट गर्दा उम्मेदवारको योग्यता र अनुभवका साथै सम्बन्धित संकायको विकासका लागि प्रस्तुत गरिने रणनीतिक योजना र त्यसलाई कार्यान्वयन गर्ने क्षमतालाई समेत आधार बनाइने विश्वविद्यालयले जनाएको छ।

चारवटै संकायमा रिक्त डिन पदपूर्ति भएपछि विश्वविद्यालयको शैक्षिक, प्रशासनिक तथा रणनीतिक नेतृत्व थप प्रभावकारी हुने अपेक्षा गरिएको छ।