अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

हराएको मल खोज्न सिद्धार्थनगरकी उपमेयरको फेसबुक लाइभ : साल्ट ट्रेडिङ घेर्न जाँउ

हराएको मल खोज्न सिद्धार्थनगरकी उपमेयरको फेसबुक लाइभ : साल्ट ट्रेडिङ घेर्न जाँउ


भैरवहा- सिद्धार्थ नगरनगरपालिकालाई साल्ट ट्रडिङ कर्पोरेसनले उपलब्ध गराउने भनेको ५४ मेट्रिक टन मल चुनावका बेला हराएपछि असहज स्थिती सृजना भएको छ । साल्ट टे्रडिङको पत्रका आधारमा किसानलाई कुपन समेत दिइएकोमा चुनाव पछाडी साल्ट टे्रडिङले मल नदिएपछि किासनले नगरपािलकामा व्यापक गुनासो गरेका छन् । ति गुनासाहरुलाई सम्बोधन गर्न उपमेयर उमा अधिकारी आज कार्यलयबाटै फेसलाइभमा देखिनुभयो ।
अधिकारीले करिब साढे १२ मिनेट लाइ बस्नु भएकी उपमेयर अधिकारीले राजनीतिक पहुँचका आधारमा चुनावका मौकामा सिद्धार्थनगरका किसानलाई दिने भनेको मल अन्तै बाँडिएको बताउनुभएको छ ।‘साल्ट टे्रडिङले कात्तिक २३ गते पत्र पठाएर ५४ मेट्रिक टन यूरिया हामीले दिने भनेको छ । चुनावपछि मल लिन जाँदा अहिले छैन पछि दिँउला भनेर फर्काएको छ ’ उपमेयर अधिकारीले भन्नुभएको छ ‘यस्तो गैह्र जिम्मेवार तरिका हुन्छ ? त्यो मल कसको प्रेसरमा कसलाई प्रभव पार्न चुनावको बीच्मा बाँडियो । त्यो स्पष्ट पार्नुप¥यो ।’
मल हराएको सिद्धार्थनगर नगरपालिका रुपन्देहीको क्षेत्र नं ३ हो । यहाँबाट गृहमन्त्री बालकृष्ण खाँण उम्मेद्वार हुनुहुन्थ्यो । गृहमन्त्रीको शक्ति प्रयोग गरेर खाँणले मल अन्यत्रै बाँडेको त्यहाँका किसानहरुको आरोप छ ।
के हो मलको कथा
साल्ट टे्रडिङ कर्पोरेसन लिमिटेडको भैरवहा शाखाले सिद्धार्थनगर नगरपालिका कार्यलयलाई कात्तिक २३ गते पत्र लेख्दै सिद्धार्थनगर नगरपालिकालाई ५४ मेट्रिक टन मल छुट्याएको पत्र जानकारी गराएको थियो । साल्ट टे्रडिङले विक्रेताहरुलाई मल लिन पाठइदिनु भनेर पत्र पठाएको थियो । यही पत्रका आधारमा नगरपालिकाले सातवटा सहकारी र एउटा निजी सप्लायर्सलाई मल ल्याउन अनुमति दियो । सहकारीलाई साल्ट टे्रडिङले पठाएको पत्र पनि पठाएपछि उनीहरुले आफूले पाउने कोटा अनुसार किसानलाई कुपन दिएर मल लिनका लागि तयारी रहन भने ।


पत्र आएकै दिन चुनावमा उम्मेद्वारी दर्ताको कार्यक्रम रहेको र नगरपालिकाका कर्मचारी पनि निर्वाचनमा खटिएकाले जनशक्तिी अभावमा चुनावपछि मल बाँड्ने सहमती भयो । चुनाव सकिएपछि सहकारीहरु मल लिन साल्ट ट्रेडिङको गोदाममा गए तर साहयक प्रमुख कार्यकारी अधिकृत हरिचन्द्र श्रेष्ठले अहिले मल छैन । अर्को सिजनमा भनेर फर्काइदिएपछि मलको खोजी भएको हो ।
किसानहरुबाट अत्याधिक गुनासो आएको,नगरपालिकाले नै मल गायब पा¥यो कि भन्ने आशंका बढाएकोले गर्दा आफू फेसबुकमा लाइभमा आउनु परेको बताउनुभएको छ । अधिकारीले किसानलाई आफूले पाउने मल खोज्न साल्ट टे्रडिङ घेराउ गर्न जान पनि उर्दी लाउनु भएको छ । ‘हामीले पाउने मल कहाँ गयो ? यसको सोधीखोजी गर्न सबैजना साल्ट ट्रेडिङ जाउँ ।’ सावर्जनिक चासोका अरु विषयहरुमा पनि क्रमश फेसबुक लाइभमा आउने अधिकारीले बताउनुभएको छ ।