काठमाडौँ – काठमाडौँको प्रदर्शनीमार्गस्थित भृकुटी फन पार्कमा राष्ट्रिय विभूति भृकुटीको शालिक अनावरण गरिएको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले आज सो शालिक अनावरण गर्नुभयो ।
‘२१औँ शताब्दीमा आएर भृकुटीको पहिचानसहितको शालिक बनेको छ । भृकुटीको नाममात्र भएको यस स्थानमा अब उहाँको पहिचानसहितको शालिक बनेको हो’, उहाँले भन्नुभयो, ‘सातौँ शताब्दीमा नेपालको धर्म र संस्कृतिलाई चीनसम्म फैलाउनुहुने राष्ट्रिय विभूति भृकुटीलाई आज यस रुपमा सम्झनु प्रशंसनीय काम हो ।’ उहाँले मण्डप र पार्कमा आउँदा भृकुटी को हुन् भन्ने जिज्ञासा मेट्न शालिक महत्वपूर्ण भएको धारणा व्यक्त गर्नुभयो ।






प्रतिक्रिया