काठमाडौँ-सरकारले ४२ जना उपसचिवको सरुवा गरेको छ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको समन्वयमा शुक्रबार ४२ जना उपसचिवको सरुवा गरिएको हो।
सरुवाअन्तर्गत ज्ञानराज लम्साललाई पूर्वाधार विकास मन्त्रालयमा पठाइएको छ। त्यस्तै, कृष्णप्रसाद सुवेदीलाई गौरादह नगरपालिका, झापा सरुवा गरिएको छ।
कुशला पौडेललाई रक्षा मन्त्रालयमा सरुवा गरिएको छ भने मोहनराज जोशीलाई गृह मन्त्रालयमा पठाइएको छ।
सरकारले विभिन्न मन्त्रालय, विभाग तथा स्थानीय तहमा कार्यरत उपसचिवहरूको प्रशासनिक व्यवस्थापन तथा आवश्यकताका आधारमा सरुवा गरेको जनाएको छ।
अन्य उपसचिवहरूको सरुवा पनि विभिन्न मन्त्रालय, विभाग तथा स्थानीय तहमा गरिएको छ।








प्रतिक्रिया