अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

विश्वकप फुटबल आजदेखि क्वाटरफाइनलमा : पहिलो खेल ब्राजिल र क्रोएसियाको हुने

विश्वकप फुटबल आजदेखि क्वाटरफाइनलमा : पहिलो खेल ब्राजिल र क्रोएसियाको हुने


काठमाडौं- कतार विश्वकप फुटबलमा आजदेखि क्वाटरफाइनलका खेल सुरु हुँदैछन्। पहिलो क्वाटरफाइनलमा ब्राजिल र क्रोएसियाबीच प्रतिस्पर्धा हुनेछ। यो खेल आज राति ८.४५ मा सुरु हुँदैछ।
दोस्रो क्वाटरफाइनलमामा आजै अर्जेन्टिना र नेदरल्यान्ड्सबीच प्रतिस्पर्धा हुनेछ। यो खेल राति १२.४५ बजे सुरु हुनेछ।

क्वाटरफाइनलका अन्य दुई खेल शनिबार हुनेछन्। शनिबारको पहिलो खेलमा फ्रान्स र इंग्ल्यान्डबीच प्रतिस्पर्धा हुनेछ। क्वाटरफाइनलको अन्तिम खेलमा शनिबार मोरक्को र पोर्चुगलबीच प्रतिस्पर्धा हुँदैछ।