अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सडक पिच गर्न माग गर्दै थली-साँखु खण्ड बन्द

सडक पिच गर्न माग गर्दै थली-साँखु खण्ड बन्द


काठमाडौं -बाटो पिच नगरिएको विरोधमा काठमाडौंको थलीवासीले थली-साँखु सडकखण्ड बन्द गराएका छन् । ‘सडक पीडित जनता’को नामबाट जारी सूचनामा आज बिहानदेखि अनिश्चितकालीन समयसम्म सडक बन्द गरिएको उल्लेख छ ।

थली(साँखु सडकको थली बजारमा २२ गतेदेखि सडक कालोपत्र गर्ने भनिए पनि काम सुरु नभएकाले कालोपत्रे नहुन्जेलसम्मका लागि सडक बन्द गरिएको सूचनामा उल्लेख छ ।
यसअघि पनि थलीका व्यवसायी र स्थानीयले सडक बन्द गरेर कालोपत्र गर्न माग गर्दै आएका छन् । तर उनीहरुको माग अझैसम्म पूरा भएको छैन ।

चाबहिल(साँखु सडकखण्डमा पर्ने थलीस्थित व्यञ्जन पार्टी प्यालेसदेखि गोकर्ण रिसोट छेउ उकालोसम्मको बाटो कच्ची छ । वषरमा हिलो र हिउँदमा धुलो उड्ने भएकाले स्थानीय समस्यामा परेका छन् ।