काठमाडौं- नेकपा एमाले निर्वाचन समिक्षा कार्यदलको बैठक भोली विहान ९ बजे बस्ने भएको छ ।
पार्टी प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज आचार्यका अनुसार विहान ९ बजे पार्टी केन्द्रीय कार्यलय च्यासलमा कार्यदलको बैठक बस्ने निश्चित भएको छ । आज चार बजे बस्ने भनिएको कार्यदलको बैठक प्रस्तावित प्रतिवेदनको अध्ययनका लागि सदस्यहरुले समय मागेपछि भोलीलाई सारिएको हो ।
यस्तै भोली नै दिउसो १ बजे केन्द्रीय कार्यलयमा पार्टी केन्द्रीय सचिवलायको बैठक बस्ने आचार्यले जानकारी दिए । उनका अनुसार पर्सी ५ गते विहान ११ बजेबाट पार्टी केन्द्रीय समितिको बैठक बस्ने भएको हो । बैठक भनीमण्डल स्थिल रामवाग पार्टी प्यालेसमा हुने भएको छ । गतवर्षको असोजमा पनि एमाले केन्द्रीय समितीको बैठक यही पार्टी प्यालेसमा भएको थियो ।



प्रतिक्रिया