अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रधानन्यायाधीश राणाको निलम्बन फुकुवा गर्ने पत्रविरुद्धको रिटमाथिको बहस सकियो

प्रधानन्यायाधीश राणाको निलम्बन फुकुवा गर्ने पत्रविरुद्धको रिटमाथिको बहस सकियो


काठमाडौं – सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाविरुद्धको महाभियोग निष्क्रिय भएको भन्दै संसद सचिवालयका महासचिव डा. भरतराज गौतमको पत्रविरुद्ध परेको रिटमाथिको प्रारम्भिक सुनुवाइअन्तर्गतको शुक्रबारको बहस सकिएको छ ।

गौतमको पत्रविरुद्ध सर्वोच्च अदालत बार एसोसिएसनका अध्यक्ष पूर्णमान शाक्यसहितका पदाधिकारीले रिट दायर गर्नुभएको थियो । रिटमा शुक्रबार पाँच जना वरिष्ठ अधिवक्ताहरूले बहस गर्नुभएको थियो ।

बहसकर्ताहरूले गौतमको पत्र विधि र प्रक्रियाविपरीत रहेको दाबी गरेका छन् । गौतमले क्षेत्राधिकार नाँघेर पत्र लेखेको उनीहरूको दाबी थियो ।

Skip This