अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

इसा अवार्ड प्राप्त गरेकोमा डा. रुइतलाई प्रधानमन्त्रीले दिनुभयो बधाई

इसा अवार्ड प्राप्त गरेकोमा डा. रुइतलाई प्रधानमन्त्रीले दिनुभयो बधाई


काठमाडौं । वरिष्ठ नेत्र चिकित्सक डा. सन्दुक रुइतले इसा अवार्ड प्राप्त गरेकोमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बधाई दिनुभएको छ ।

सामाजिक सञ्जालमार्फत बधाई दिँदै प्रचण्डले डा. रुइतको योगदान देशका लागि प्रशंसनीय रहेको बताउनुभएको हो ।

प्रचण्डले राज्यसँग डा. रुइतले गरेका अपेक्षालाई सरकारले गम्भीरतापूर्वक लिने पनि बताउनुभयो ।

डा. रुइतलाई आगामी फेब्रुअरीमा १० लाख डलर, स्वर्ण पदक र प्रमाणपत्र प्रदान गरिनेछ ।