काठमाडौँ । बाँकेको नेपालगन्जबाट काठमाडौँका लागि उडेको श्री एयरको विमान झापामा अवतरण भएको छ । काठमाडौँ विमानस्थलमा भिजिबिलिटी कम भएका कारण श्री एयरको ४४० विमानलाई झापा डाइभर्ट गरिएको बताइएको छ ।
भिजिबिलिटी क्लियर भएपछि ९ बजेर ४५ मिनेटमा सो विमान झापाबाट काठमाडौँका लागि उडेको जनाइएको छ । ७ बजे नेपालगन्जबाट उडेको श्री एयरको सो विमान ९ बजेर ६ मिनेटमा चन्द्रगढी विमानस्थलमा अवतरण गरिएको थियो ।




प्रतिक्रिया