अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

फेरिए ४२ जिल्लाका सिडीओ, को कहाँ पुगे ?

फेरिए ४२ जिल्लाका सिडीओ, को कहाँ पुगे ?


काठमाडौं – सरकारले ठूलो संख्यामा प्रमुख जिल्ला अधिकारीहरुको सरुवा गरेको छ । गृह मन्त्रालयले एकै पटक ४२ जना प्रमुख जिल्ला अधिकारी र ७ जना सहायक प्रमुख जिल्ला अधिकारीसहित ७० जना सहसचिव र उपसचिवको सरुवा गरेको छ ।

उपप्रधान तथा गृहमन्त्रीस्तरीय निर्णयानुसार सबै सहसचिव र उपसचिवहरूलाई काज सरुवा गरिएको हो । सरुवा हुनेमा सिडिओ, सहायक सिडिओका साथै जेलर, निर्देशकसम्म रहेका छन् ।
चितवनका प्रमुख जिल्ला अधिकारी आशमान तामाङ गृह मन्त्रालयमा तानिएका छन् भने सुरेन्द्र पौडेललाई चितवनको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिइएको छ ।

भक्तपुरको सिडिओमा सुर्खेतका खगेन्द्रप्रसाद रिजाललाई सरूवा गरिएको छ भने भक्तपुरकी रूद्रादेवी शर्मालाई गृहमन्त्रालय सिंहदरबारमा तानिएको छ ।

जनघनत्व धेरै भएका जिल्लाहरू झापामा शिवराम पोखरेललाई पठाइएको छ भने दाङमा सुशील वैद्य तथा सुनसरीमा काभ्रेकी हुमकला पाण्डेलाई जिम्मेवारी दिइएको छ ।

मोरङको प्रमुख जिल्ला अधिकारीमा राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभाग सिंहदरबारका महानिर्देशक तीर्थराज भट्टराईलाई पठाइएको छ ।मोरङका सिडिओ काशीराम दाहाललाई धनुषा धनुषा पठाइएको छ ।

Skip This