अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रदेश-१ को नामकरण छिटो टुङ्गिन्छ : मुख्यमन्त्री कार्की

प्रदेश-१ को नामकरण छिटो टुङ्गिन्छ : मुख्यमन्त्री कार्की


गौरादह – प्रदेश-१ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले चाँडै प्रदेशको नामकरण टुङ्गिने बताउनुभएको छ।

उहाँले सर्वसहमतिका आधारमा नामकरणको प्रयास गरिने अन्यथा प्रक्रियामा गएर भए पनि टुङ्ग्याइने बताउनुभयो। आज झापाको दमकमा सोनाम ल्होसार कार्यक्रममा मुख्यमन्त्री कार्कीले सबै प्रदेशको नामकरण सम्पन्न भए पनि प्रदेश १ को नामकरण नटुङ्गिएको उल्लेख गर्दै सबै दलसँग छलफल गरी नामकरण गरिने बताउनुभयो ।

उहाँले प्रदेश संरचनाका विषयमा हुने टिप्पणीप्रति सजग रहेको उल्लेख गर्दै भन्नुभयो, “हामीले प्रदेशको औचित्य पुष्टि गर्ने छौँ, जनतालाई प्रत्याभूत हुने किसिमबाट काम अघि बढाउने छौँ ।” उहाँका अनुसार प्रदेश सरकारले खर्च घटाउन मन्त्रालयको सङ्ख्या १३ बाट घटाएर नौ पु¥याइएको हो । मुख्यमन्त्री कार्की थप अधिकार प्रत्यायोजन भएर नआएसम्म मन्त्रालयको सङ्ख्या नबढ्ने उल्लेख गर्नुभयो । उहाँले प्रदेशमा भएका सबै जातिको मौलिकता संरक्षणका लागि प्रदेशस्तरीय सङ्ग्रहालय निर्माण गर्ने सोचमा रहेको बताउनुभयो ।

Skip This