अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

क्रिकेटर मेहबुब आलम र अदिल अन्सारी पक्राउ, काठमाडौं ल्याइँदै

क्रिकेटर मेहबुब आलम र अदिल अन्सारी पक्राउ, काठमाडौं ल्याइँदै


काठमाडौं – एक साताअघि सम्पन्न नेपाल टी-२० लिग क्रिकेट प्रतियोगितामा म्याच फिक्सिङ गरेको आरोपमा दुईजना क्रिकेटर पक्राउ परेका छन्।

पक्राउ पर्नेमा पूर्व राष्ट्रिय क्रिकेटर मेहबुब आलम र क्रिकेटर आदिल अन्सारी रहेका नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले जनाएको छ। 

क्रिकेटर मेहबुब मोरङबाट पक्राउ परेका हुन्। उनलाई अहिले जिल्ला प्रहरी कार्यालय मोरङको हिरासतमा राखिएको छ। त्यस्तै आदिललाई सप्तरी प्रहरीले पक्राउ गरेको छ। उनलाई पनि सीआईबीको आग्रहमा काठमाडौं पठाउन लागिएको प्रहरीले जानकारी दिएका छन्। 

नेपाल टी२० लिगमा आदिल जनकपुर रोयल्सबाट खेलेका थिए। स्पट फिक्सिङको आशंका गरेपछि जनकपुरले आदिललाई खेलबाट बाहिर राखेको थियो। 

नेपाल टी २० लिग चलिरहँदा स्पट फिक्सिङ र म्याच फिक्सिङ गरेको आरोप लागेको थियो। लिग भइरहँदा खेलमा मिलेमतो आरोपमा सीआइबीले अनुसन्धान गरिरहेको थियो।

त्रिवि क्रिकेट मैदानमा खेल चलिरहँदा स्पट फिक्सिङ र म्याच फिक्सिङ भएको आशंका गरिएको थियो।

नेपाल टी २० क्रिकेट लिगमा म्याच फिक्सिङबारे अनुसन्धान थालेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले यसअघि नै केही व्यक्तिलाई पक्राउ गरिसकेको थियो।

सीआईबीले यसअघि नै म्याच फिक्सिङ प्रकरणमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) र नेपाल क्रिकेट संघ (क्यान) सँग पनि जवाफ मागेको थियो।