अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सन्दीप लामिछाने राष्ट्रिय टीममा समावेश

सन्दीप लामिछाने राष्ट्रिय टीममा समावेश


काठमाडौँ – नेपाल क्रिकेट संघ (क्यान)को खेलाडी छनोट समितिले सन्दीप लामिछानेलाई बन्द प्रशिक्षणमा बोलाएको छ। क्यानले निलम्बन फुकुवा गरेसँगै सन्दीप पुनः टीममा परेका हुन् ।

क्यानको खेलाडी छनोट समितिले आउँदो त्रिदेशीय क्रिकेट श्रृङ्खलालाई लक्षित गरेर पूर्व कप्तान समेत रहेका सन्दीपलाई पनि बन्द प्रशिक्षणमा बोलाएको हो ।

यसअघि उच्च अदालत पाटनले सन्दीपलाई २० लाख रुपैयाँ धरौटीमा छुट्न मौका दिएको थियो । यस्तै हिजो बुधवार पोखरामा बसेको नेपाल क्रिकेट सङ्घ (क्यान)को बैठकले सन्दीपको निलम्बन फुकुवा गरेपछि उनी राष्ट्रिय टिममा फर्किएका हुन् ।

सन्दीपलाई दुई हप्तापछि हुने आईसीसी विश्व कप लिग–२ अन्तर्गत स्कटल्याण्ड र नामिबियासँग हुने श्रृङ्खलालाई मध्यनजर गरेर टिममा बोलाइएको छनोट समितिले जनाएको छ ।